
आइतबारदेखि तीन दिन कलैया उपमहानगरपालिका भित्रका विद्यालय बन्द
सुरेश प्रसाद यादव १२ पौष २०८२
बढ्दो चिसोलाई मध्यनजर गर्दै बाराको कलैया उपमहानगरपालिकाले तीन दिनका लागि विद्यालयमा जाडो बिदा दिएको छ।
शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख राजिव कुमार यादवले आज एक सूचना जारी गर्दै अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले वर्षे बिदाबाट कट्टा हुने गरी सामुदायिक तथा निजी विद्यालयमा पुस १३ गते आइतबारदेखि १५ गते मंगलबारसम्म पठन–पाठन बन्द रहने जानकारी दिएका छन्।
प्रमुख यादवका अनुसार पुस १६ गते बुधबारदेखि विद्यालयहरू निर्धारित समयमा नियमित रूपमा सञ्चालन हुनेछन्।


