
साना किसान मनहर्वाद्धारा नि शुल्क आँखा शिविर सम्पन्न ।
सुरेश प्रसाद यादव
०५ पुस २०८२ कलैया ।
बारा जीतपुरसिमरा उपमहानगरपालिका–१८ मा रहेको साना किसान कृषि सहकारी संस्था लि. मनहर्वाको आयोजना तथा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल निजगढको सहयोगमा शनिवार एकदिने आँखा परिक्षण शिविर सम्पन्न भएको छ ।

कलैया उपमहानगरपालिका वडा नं.२६ सिस्वामहेशपुर स्थीत श्री नेपाल राष्ट्रिय माध्यमिक विध्यालयमा सम्पन्न शिविरमा ३२५ जनाले आखाँ जाँच गराएका छन् । आखाँ जाँच गराउने मध्ये ६२ जनामा मोतियाविन्दु फेला परेको सेवाकेन्द्र महेशपुरका प्रबन्धक मुकुन्दराज यादवले जनाएको छ ।
यो शिविरमा कलैया उपमहानगरपालिका का वडा नं.–२६,२७,१५ र २ का आँखाका रोगीहरुको सहभागिता रहेको थियो ।
साना किसान कृषि सहकारी संस्था लि. मनहर्वाकाले शिविरको आयोजना गरेको थियो ।
अस्पतालका प्राविधिक टोली दिपक सुवेदी, प्रभाकर ढकाल, बिबिसा दहाल, निर्मला तमाङ्ग, राजु जैसी, कुसल मगर, शिवपुजन लगायतले आँखा परिक्षण गरेका थिए ।

उमेरकै कारण मानिसमा मोतिया विन्दु हुन्छ । ४० बर्ष कटेका मानिसहरुमा कुनैबेला यो समस्या हुन सक्छ । विशेषगरी तराईको मौषमले पनि यसलाई प्रभाव पार्ने गरेको नेत्ररोग विषेशज्ञ कृष्णा सुवेद्धीले बताउनु भयो ।
धुलोधुँवामा काम गर्नुपर्नेहरुमा अलि चाँडो र सफा सुरक्षीत ठाउँमा बस्नेहरुमा अलिढिलो होला तर जोकोहीलाई मोतियाबिन्दुको समस्या हुनसक्छ, उहाँले भन्नु भयो । मोतिया विन्दुका विरामीहरुलाई २०८२ पौष १२ गते शनिवार बिहान ८ः०० बजे आफ्नै अस्पतालको गाडीबाट निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल निजगढमा लगिने र भोली बिहानै निःशुल्क शल्यक्रिया गरिने र आईतबार बेलुका ४ः०० बजे सम्म घर पुयाइदिने सुवेद्धीले बताउनु भयो ।



