यूवा क्लबद्धारा नि शुल्क आँखा शिविर सम्पन्न ।

सुरेश प्रसाद यादव

०५ पुस २०८१  कलैया ।

बारा कलैया उपमहानगरपालिका–२६ मा रहेको क्रियटिभ युवा क्लब कलैया–२६ सिस्वामहेशपुरको आयोजना तथा हेटौंडा सामुदायिक आँखा अस्पताल हेटौडाको सहयोगमा शुक्रवार एकदिने आँखा परिक्षण शिविर सम्पन्न भएको छ ।
कलैया उपमहानगरपालिका वडा नं.२६ सिस्वामहेशपुर स्थीत श्री नेपाल राष्ट्रिय माध्यमिक विध्यालयमा सम्पन्न शिविरमा ३१२ जनाले आखाँ जाँच गराएका छन् । आखाँ जाँच गराउने मध्ये ७८ जनामा मोतियाविन्दु फेला परेको क्लबका अध्यक्ष सुरेश प्रसाद यादवले जनाएको छ ।

यो शिविरमा कलैया उपमहानगरपालिका का वडा नं.–२६,२७,१५,२ र महागढीमाई नगरपालिका र करैयामाई गाउँपालिका आँखाका रोगीहरुको सहभागिता रहेको थियो ।
क्रियटिभ युवा क्लब कलैया–२६ सिस्वामहेशपुर ले  शिविरको आयोजना गरेको थियो ।
अस्पतालका प्राविधिक टोली कृष्णा कुशवाहा, बर्षा रंजित, जनक अवस्थी र दिनेश रुम्बाले आँखा परिक्षण गरेका थिए ।

उमेरकै कारण मानिसमा मोतिया विन्दु हुन्छ । ४० बर्ष कटेका मानिसहरुमा कुनैबेला यो समस्या हुन सक्छ । विशेषगरी तराईको मौषमले पनि यसलाई प्रभाव पार्ने गरेको नेत्ररोग विषेशज्ञ कृष्णा कुशवाहाले बताउनु भयो ।
धुलोधुँवामा काम गर्नुपर्नेहरुमा अलि चाँडो र सफा सुरक्षीत ठाउँमा बस्नेहरुमा अलिढिलो होला तर जोकोहीलाई मोतियाबिन्दुको समस्या हुनसक्छ, उहाँले भन्नु भयो । मोतिया विन्दुका विरामीहरुलाई आजै बेलका ४:०० बजे आफ्नै अस्पतालको गाडीबाट हैटौडा सामुदायिक आँखा अस्पतालमा लगिने र भोली बिहानै निःशुल्क शल्यक्रिया गरिने र आईतबार बिहान ९;०० बजे शल्क्रीया भएपछि पुयाइदिने कुशवाहाले बताउनु भयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *