
युवा क्लबद्धारा जनचेतनामुलक तालिम सम्पन्न ।
सुरेश प्रसाद यादव
९ पुस कलैया ।
क्रियटिभ युवा क्लब कलैया उपमहानगरपालिका–२६ सिस्वा महेशपुरको आयोजनामा बालबिवाह, अनमेल विवाह, दाइजो प्रथा तथा महिला हिंसा बिरुद तालिम सम्पन्न भएको छ ।
करैयामाई गाउँपालिका वडा नं.–८ नरहीको सहयोगमा करैयामाई गाउँपालिका वडा नं.–८ औनिया स्थित श्री देवनारायण गनिया आधारभुत बिधालयको भवनमा उक्त तालिम सम्पन्न भएको छ ।
सम्पन्न तालिमको उदघाटन वडाका वडा अध्यक्ष श्री दिनेश चौधरीले गरेको थिए ।

प्रमुख अतिथीले उक्त कार्यक्रममा बोल्दै वडामा हरेक किसिमको गतिविधी गर्नु पर्ने जरुरी छ । खाली रोड नाला तथा पूर्वाधारको बिकाश गरेर सम्भव छैन् त्यो साथ साथै मानवहरुमा हरेक ढङगबाट बिकाश हुन जरुरी छ । साथै यस संस्थाले गरेको कार्यक्रमको प्रशान्सा गरेको थियो ।

तालिममा हरिनारायण साहले प्रशिक्षण दिएका थिए । तालिममा वडा भित्र भईरहेको वालविवाह, अनमेलविवाह, दाईजो प्रथा तथा महिला हिंसा सम्बन्धी लगायतका कुरामा थुप्रै चर्चा परिचर्चा गरिएको थियो । तालिममा महिला पुरुष गरि ३६ जनाको सहभागिता रहेको थियो । तालिममा संस्थाका अध्यक्ष सुरेश यादव, सदस्य बिध्यासागर साह कलवार, पप्पु यादव, राहुल साह लगायतको सहभागिता रहेको थियो ।


