कम्प्यूटरको युगमा मुलुक अगाडी बढयो : साँसद साह

१७ मंसिर, कलैया । नेकपा एमाले पार्टीबाट बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट संघिय प्रतिनिधी सभामा निर्वाचित भएकी नवनिर्वाचित साँसद ज्वाला कुमारी साहले अरु युगको अन्त्य भई कम्पयूटरको युगमा मुलुक अगाडी बढी रहेको कुरामा जोड दिएकी छिन ।

कम्पयूटर एशोसिएशन नेपाल महासंघ बाराको ५ औ बार्षिक सधारणसभा सभा एवम जिल्ला अधिवेशनको कलैयामा उदघाटन गर्दै मुलुकको बिकास र समृद्धिमा कम्प्यूटरको माध्यम सुचना एवम संचारले महत्व भुमिका खेलि रहेको बताउदै मुलुकको हरेक काम अव कम्पयूटरको माध्यबाट गर्ने भएको हुदा समयको बचत हुनुको साथसाथै दसताबेज पनि खोजेको समयमा तुरन्तै लिन सक्ने हिसावले कम्पयूटरले महत्वपुर्ण भुमिका खेलिरहेको बताईन ।

आरटीको जमानामा घरघरमा नेट, ईन्टरनेटको सुबिधा भएको कारणले घरमा नै बसी बसी संसारलाई हेर्ने सक्ने क्षमतापनि मान्छेहरुले राख्ने गरेका स्मरण गदै पुर्व मन्त्री समेत रहेकी साहले सकारात्मक रुपमा यस प्रविधिलाई सदउपयोग गर्न आग्रह गर्नुभयो । यति हुदा पनि यसले केहि बिकृतिहरुपनि नजम्माएको होईन तर त्यसता बिकृतिलाई निर्मुल पारर्दै सभ्य समाजको निर्माणका लागि कम्पयूटरको भरपुर उपयोगमा लाग्नुपर्ने सुझाव समेत दिईन । फरक प्रसंगमा साँसद साहले निर्वाचन क्षेत्र नम्बर ३ मा रहेको मटियर्वा छोटी भंसारलाई स्तर उन्न्ती गर्न एवम चाडै खुलाउनका लागि पहल गर्ने प्रतिवद्धता समेत ब्यक्त गरिन ।

मानमत मटियर्वा सडकखण्डको कलैया स्थित रहेको सस्ंकार एफएम देखि रंगपुर चोक सम्मको बाटो पिच गर्ने काममा पुर्ण तदारुकता साथ लाग्ने जानकारी गराईन । युवाहरु दिनानुदिन बिदेशिनु परेको हुदा तिनीहरुको रोजगारीको ग्यारेन्टी नेपालमा नै गराउनेतिर साँसद मार्फत सरकारको ध्यानआर्कषन गराउने कुरामा आफु नचुक्ने जानकारी दिदै पुर्व मन्त्री समेत रहेकी साहले किसानहरुको लागि सहज र सुलभ रुपमा मलखाद, बिउविजन उपलब्ध गराउनेतिर पनि मेरो पहलकदमी रहने बचनवद्धता ब्यक्त गरेकी थिईन ।

अर्थतन्त्र दिनानुदिन खस्किदै गईरहेको हुदा अर्थतन्त्रलाई मजबुत बनाउन एवम उधोगी ब्यापारीहरुको सुरक्षा एवम ब्यापारलाई कसरी पहिलाको अवस्थामा ल्याउन सकिन्छ त्यस बिषयमा गहनरुपले सम्बन्धीत निकायहरुसंग छलफल गरि अगाडी बढने बताईन । गणेश ठाकुरको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोज चौधरी, क्यानका केन्द्रिय सचिज भुपालदास श्रेष्ठ, जिल्ला सचिव संजय केसरी लगायतकाले आफनो बिचार ब्यक्त गरेका थिए ।

यसैबिच अधिवेशनले संजय कुमार केशरीको अध्यक्षतामा न्याँ कार्य समिति सर्व सहमतबाट चयन गरेको छ । समितिको उपाअध्यक्ष अरुण कुमार साह, सचिवमा बिनोद प्रसाद साह, सह-सचिवमा सुरेश प्रसाद यादव, कोषाअध्यक्ष दिपक गुप्ता र सदस्यहरुमा लक्षुमन चौधरी, बबिता कुमारी चौधरी चयन भएका छन ।

सभार : साझेदारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *