
कलैया उप–महानगरपालिमा पनि आज श्रीकृष्ण जन्माष्टमी पर्व धुमधामका साथ मनाउदै ।
३ भदौं, कलैया । वैदिक सनातन धर्मावलम्बीले शुक्रबार आज ‘श्रीकृष्ण जन्माष्टमी’ पर्ब मनाउँदैछन् ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि पनि भनिन्छ ।
यस दिन देशभरिका कृष्णमन्दिरहरुमा कृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत गरी रातभर जाग्राम बस्ने प्रचलन छ ।
यता कलैया उ.म.न.पा.को बिभिन्न मन्दिरमा पनि आज बिहानै देखि भक्तजन र दर्शनार्थीहरुको घुइचो लागेको छ । बिभिन्न मन्दिरमा आज मेला पनि लागेको छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका कृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।
कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवत गीता पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको अनुमान छ ।

‘श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज देश भरि नै सार्वजनिक बिदा दिइएको छ ।


