‘सूचना प्रविधिको विकास र प्रयोगले नागरिकको जीवनस्तरमा सुधार’

सुरेश यादव 

२०८० बैशाख १९, कलैया । “सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्ध” भन्ने नाराका साथ आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइएको छ । नेपालमा सन् २०१३ देखि कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान) को पहलमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै आएको छ । यो वर्ष, निजी र सरकारी दुवै क्षेत्रले संयुक्त रूपमा यो दिवस मनाएको छ ।

सूचना प्रविधिको विकास र प्रयोगले नागरिकको जीवनस्तरमा व्यापक सुधार आएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा कम्प्युटर एशोसिएशन नेपाल महासंघ नेपाल (क्यान) बारा शाखाले मंगलबार सदरमुकाम कलैयामा आयोजनामा प्रभातफेरी कार्यक्रम तथा आईसिटी (ICT) कार्यशाला गोष्ठी कार्यक्रम कलैयाको भरतचौक हुदै कलैया वडा नं.–८ स्थित रहेको श्री दुर्गा माध्यमिक बिधालयको सभाहलमा कार्यक्रम भएको छ ।

उक्त कार्यक्रमका सभापति क्यान बाराका अध्यक्ष संजय केशरीको रहेको थियो र कार्यक्रमका प्रमुख अतिथी श्री दुर्गा प्राविधिक माध्यमिक बिधालयका प्रधानाध्यापक श्री मनोज प्रसाद यादव र बिशिष्ट अतिथीको रुपमा पत्रकार महासंघ बाराका सचिव अनिल गौरव, प्रत्रकार भोलानाथ पौडेल, क्यानका सदस्य मानिचन साह, सुमित्रा चौधरी लगायतको सहभागिता रहेको थियो ।

उनीहरूले प्रविधिको विकासले दैनिक जीवयापन, सम्बन्ध विस्तार, रोजगारलगायतका क्षेत्रमा गुणात्मक परिवर्तन आइरहेको बताएका छन् । प्रविधिकैकारण राज्यका निकायहरूले प्रदान गर्ने सेवासुविधामा नागरिकको पहुँच वृद्धिहुँदै गएको र सुशासनका क्षेत्रमासमेत यसले सघाउ पुर्‍याएको उनीहरूको भनाइ  छ।

विश्वमा सञ्चार तथा सूचना प्रविधि प्रयोगको विस्तार तीव्रगतिमा अघि बढिरहँदा नेपालले उल्लेखिय प्रगति हाँसिल नगरे पनि पछ्याइरहेको उनीहरूले बताए । सहभागीहरूले सूचना प्रविधि मनोरञ्जनको साधन मात्र नभई अत्यावश्यकीय माध्यमकोरूपमा विकास भएको बताए । 

प्रविधिको विकासले नै हरेक नागरिक आफ्नो घरबाटै धेरैजसो कामहरु गर्न सफल भएको भन्दै उनीहरुले नागरिकले आर्थिक कारोबारसहित अत्यावश्यकीय सेवा,अनलाइनमार्फत् घरैबाटै पाउनसक्ने भएको बताएका छन् । यसका साथै उत्तिकै जोखिम बढेको पनि उनीहरूले बताए।

सहभागीहरुले प्रविधिमा खेल्दै जाँदा कतिपय अवस्थामा त्यसको गलत प्रयोग हुने गरेकाले सचेतनातर्फ पनि राज्यले उत्तिकै ध्यान दिनुपर्ने बताए । क्यानका बाराकाअध्यक्ष संजय केशरीले भने,‘धेरै नागरिक अहिले प्रविधिमै विश्वास गर्छन् र त्यसको पहुँचमा हुनेगरी आफ्ना गतिविधि बढाउनु गरेका छन्,यसले समाज रुपान्तरणको पाटोमा अग्रसर भएको देखिन्छ भने अर्कोतर्फ केहि चुनौतीसमेत थपिएको छ ।’

‘प्रत्येक नागरिकको हात–हातमा मोबाइल, ल्यापटप, कम्प्युटरर जस्ता महत्वपूर्ण सामग्री छन्,’उनले भने,‘त्यसले प्रविधिको विकास नै भएको देखाउँछ त्यो सँगै जोखिमको पाटोमा राज्यको ध्यान कम देखिएकाले बेलामौकामा ह्वाक हुने,नचल्ने जस्ता समस्याका अल्झन देखा परेका छन् ।’

स‍–सचिव सुरेश यादवले स्वागत मन्तब्य ब्यक्त गर्दे सूचना प्रविधिमा आम नागरिकको सुरक्षित प्रयोग र समान पहुँचको अधिकार स्थापित गर्नु्पर्ने बताए । पछिल्लो समय सरकारी सर्भर,फेसबुक पेजहरूमा समस्या देखिँदा प्रविधि सुरक्षामा चुनौती थपिएकाले राज्यले त्यसतर्फ ध्यान दिनु पर्ने बताए । 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *