४९ जना प्र.जि.अ.को सरुवा बारामा नवराज सापकोटा आउने ।

सुरेश प्रसाद यादव

६ माघ, कलैया । गृह मन्त्रालयले ४९ जना प्रमुख जिल्लाहरुको सरुवा गरेको छ । गृहमन्त्रालयले निकालेको सरुवाको सूची अनुसार बाराका जिल्लाको प्रमुख जिल्ला अधिकारी (CDO) कृष्ण बहादुर कटुवालको गृहमन्त्रालय सिंहदरबारमा सरुवा भएको छ भने बारामा जिल्ला प्रशासन कार्यालय रोल्पाका प्र.जि.अ. नवराज सापकोटा आउने भएका छन । रवि लामिछाने गृहमन्त्री बनेपछि पहिलो पटक प्रमुख जिल्ला अधिकारी र सहसचिवहरुको काज सरुवा गरेको छ । गृहमन्त्री स्तरीय निर्णयबाट शुत्रबार राजपत्र प्रथम श्रेणी, द्वितीय श्रेणीका प्रमुख जिल्ला अधिकारी तथा सहसचिव र सहायक प्रमुख जिल्ला अधिकारी (उपसचिव) हरुको सरुवा गरेको हो ।

त्यस्तै चितवनका प्रमुख जिल्ला अधिकार आशमान तामाङ्गको पनि गृहमन्त्रालय सिंहदरबारमा सरुवा भएको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल पनि पर्साको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा काज सरुवा भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) का प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको जिल्ला प्रशासन कार्यालय इलाममा सरुवा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *