
कुम्हाल समुदाय माटोका सामाग्री बनाउन ब्यस्त ।।
२७ असोज, कलैया । बाराका कुम्हाल समुदाय दीपावली तथा छठ पर्वका लागि माटोका सामाग्रीहरु बनाउन ब्यस्त भएका छन । बिगत दुई हप्ता देखि जिल्लाका कुम्हाल समुदाय दिपावली तथा छठ पर्वका लागि माटोको सामाग्रीहरु बनाउन ब्यस्त भएका हुन् । उनीहरु पर्वका लागि दियो, ढकनी, घैटौ , हात्ती, चौमुख लगायतका माटोको सामाग्रीहरु बनाउन ब्यस्त छन ।जिल्लाको कलैया उपमहानगरपालिका , जितपुर सिमरा उपमहानगरपालिका, महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, सिम्रौनगढ नगरपालिका, कोल्हवी नगरपालिका,निजगढ नगरपालिकाका कुम्हाल समुदाय दिपावली तथा छठ पर्वका लागि माटोको सामाग्रीहरु बनाउन ब्यस्त भएका हुन । उनीहरु एक महिना काम गरेर दीपावली तथा छठ पर्वका लागि माटोका सामाग्रीहरु बनाउने गरेको बारा कलैया सिसवा महेशपुरका शन्तोष पण्डितले बताएका छन। दीपावली तथा छठ पर्वमा माटोका सामाग्रीहरुको बढी प्रयोग हुन्छ । यसै बेलालाई आफ्नो कमाइको मुख्य समय ठानेर कुमाल समुदाय अहिले भाँडा बनाउन व्यस्त रहेका छन । पर्वमा बिक्री बितरण गर्नका लागि उनीहरु माटोका सामाग्रीहरु बनाएर भण्डारण गरी राख्ने गरेका छन्। जिल्लाका एक जना कुम्हालले पचास हजार देखि एक लाख सम्मको संख्यामा माटोका दियो बनाउछन । माटोका सामाग्रीहरु बेचेर उनीहरुले पर्वकोे खर्च जुटाउछन्।
सभार : संस्कार खबर


