जिल्ला प्रशासन कार्यालयद्धारा सामाजिक संघ संस्थाको स्थलगत अनुगमन ।

२७ असोज, कलैया । जिल्ला प्रशासन कार्यालय बाराले कलैया उपमहानगरपालिका भित्र रहेका ६ वटा सामाजिक संस्थाको स्थलगत अनुगमन निरिक्षण गरेको छ । बाराको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आर्चायको अगुवाईमा रहेका एक टोलीले संघ संस्थाको स्थलगत अनुगमन निरिक्षण गरेको हो ।टोलीमा स्थानिय प्रशासन तथा शान्ति सुरक्षा शाखाका प्रमुख रत्न बहादुर स्याङतान रहेको थिए । टोलीले संस्थाको नविकरण कर चुक्ता, समाजिक कल्याण परिषदको नविकरण, लेखा परिक्षकको प्रतिवेदन, साथै संस्थाको अगामी योजनाहरु र गतिविधीहरु लगायत अनुगमन गरेको हो ।

अनुगमन टोली संगको फोटो ।


उक्त अवसरमा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारीको भनाई हाम्रो नगरमा बिभिन्न समाजिक संघ संस्थाहरु दर्तामा छन तर नविकरण गरेको देखिएको छैन र समाजिक गतिविधिका कार्यहरु वडा र नगरपालिका संग समन्वय गरि समाजिक चेतना मुलक कार्यहरु गर्ने आग्रह गरेका थिए । टोलीले कलैया उपमहानगरपालिका वडा नं. २६ स्थित क्रियटिभ युवा क्लबको अनुगमन गरेको छ ।
उक्त अवसरमा त्यसै वडाका वडा अध्यक्ष धर्मेन्द्र प्रसाद यादव र जिल्ला समन्वय समितिका सदस्य श्यामबाबु प्रसाद यादव त्यही संस्थाका अध्यक्ष सुरेश प्रसाद यादव, संस्थाका सदस्यहरु र गाउँका अगुवाहरु लगायतको सहभागिता रहेको थियो ।

अनुगमन टोली संगको फोटो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *