बिकाशको कार्यमा अगाडी बढेको छ— यादव

२९ असोज, कलैया । बारा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्ययका उम्मेदवार रामबाबु कुमार यादवले बिकाशको कार्यमा अगाडी बढेको बताएका छन् । बाराको कलैया उपमहानगरपालिका वडा नं. २६ स्थित रहेको क्रियटिभ युवा क्लबले दिपावली तथा छठ पर्वको अवसरमा शनिवार आयोजित गरेको शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथ्यबाट सम्बोधन गदै यादवले यस्तो बताएका हुन् । उनले धेरै योजनाको ठेक्का पट्टा भइसकेको जानकारी दिए । उनले अबको केही दिन पछि सबै कार्यहरु सुचारु गरिने र केही कार्यहरु सुचारु गरिने बताए । उनले दिपावली तथा छठ पर्वको पावन अवसरमा माला लक्षको सबैको घरमा बास होस र छठिमाताको अशिर्वादले सबैको घरमा सुख शान्ति समृद्धि होस भनि कामना समेत गरेका थिए ।

वडा अध्यक्ष आफनो भनाई राख्दै गरेको फोटो ।
सहभागीहरुको फोटो ।

सहभागीहरुको फोटो ।

उक्त अवसरमा बोल्दै कलैया उपमहानगरपालिका वडा नं. २६ का वडा अध्यक्ष धर्मेन्द्र प्रसाद यादवले बिकाशको काममा यूवाहरुसंग काँधमा काँध मिलाएर अगाडी बढने बताए । उनले गाउँमा बिभिन्न किसिमको बिकृति बढेको समेत बताए । लागु औषध, जुवातास लगायतको कार्यलाई रोक्नका लागि कल्बका पदाधिकारी हरुसंग समन्वय गर्ने समेत बताए । क्लबका अध्यक्ष सुरेश प्रसाद यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य श्यामबाबु प्रसाद यादव वडा सदस्य पार्वती देवी, सिवाईसी बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष श्याबाबु प्रसाद यादव, सचिव मंकेश्वर साह कलवार, कोषाध्यक्ष लालबाबु कहार स्थानिय भागरित प्रसाद यादव, अकलु साह कलवार, संजय प्रसाद यादव, रबि प्रसाद साह, पप्पु प्रसाद यादव, प्रमोद साह कलवार, मुखतार अंसारी, जौवाद अंसारी, नाथु प्रसाद यादव, सतार मियाँ अंसारी, सुवास प्रसाद यादव, दिपेन्द्र कहार, भवानी देवी, तारा कुमारी साह, शैला देवी, शोसिला कुमारी, तायरा खातुन धर्मशिला देवी, मुरतिया देवी, उर्मिला देवी यादव, उमेश कहार, सुरज साह, ताराचन्द यादव, शम्भु साह, मनोज पौडेल, रामपुकार यादव, लगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा संञ्चालन निर्भय कुमार साहको रहेको थियो । कार्यक्रममा यस संस्थाको पदाधिकारी अलिहुसेन अंसारी, राहुल साह, रिंकु कुमारी, संतोष यादव, लालबाबु कहार लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *