क्रियटिभ युवा क्लब कलैया–२६ सिस्वामहेशपुरको समन्वयमा ३ सय ७० जनाको निःशुल्क आँखा परिक्षण ।

१६ माघ, कलैया । बारा कलैया उपमहानगरपालिका–२६ मा रहेको क्रियटिभ युवा क्लब कलैया–२६ सिस्वामहेशपुरको समन्वय तथा हेटौंडा सामुदायिक आँखा अस्पताल हेटौडा, तेजकोहली फाउण्डेसन र लायन्स क्लब हेटौंडाको सहयोगमा सोमबार एकदिने आँखा परिक्षण शिविर सम्पन्न भएको छ ।
कलैया उपमहानगरपालिका वडा नं.२६ सिस्वामहेशपुर स्थीत श्री नेपाल राष्ट्रिय माध्यमिक विध्यालयमा सम्पन्न शिविरमा ३७० जनाले आखाँ जाँच गराएका छन् । आखाँ जाँच गराउने मध्ये ९२ जनामा मोतियाविन्दु फेला परेको क्लबका अध्यक्ष सुरेश प्रसाद यादवले जनाएको छ ।


यो शिविरमा कलैया उपमहानगरपालिका का वडा नं.–२६,२७,१५,२,१ र महागढीमाई नगरपालिका र करैयामाई गाउँपालिका आँखाका रोगीहरुको सहभागिता रहेको थियो ।
हेटौडा सामुदायिक आँखा अस्पताल हेटौंडाले शिविरको आयोजना गरेको थियो ।
अस्पतालका प्राविधिक टोली सुशिल कुमार सिंह, सम्झना कुवर, मिलन खत्री, इन्द्रीरा चौधरी, दिनेश रुम्बा, र लायन्स क्लबका सहयोगी साथी निलम सापकोटाले आँखा परिक्षण गरेका थिए ।


उमेरकै कारण मानिसमा मोतिया विन्दु हुन्छ । ४० बर्ष कटेका मानिसहरुमा कुनैबेला यो समस्या हुन सक्छ । विशेषगरी तराईको मौषमले पनि यसलाई प्रभाव पार्ने गरेको नेत्ररोग विषेशज्ञ सिंहलेले बताउनु भयो ।
धुलोधुँवामा काम गर्नुपर्नेहरुमा अलि चाँडो र सफा सुरक्षीत ठाउँमा बस्नेहरुमा अलिढिलो होला तर जोकोहीलाई मोतियाबिन्दुको समस्या हुनसक्छ, उहाँले भन्नु भयो ।


मोतिया विन्दुका विरामीको आगामी बुधबार अर्थात माघ १८ गतेकाका दिन हेटौडा सामुदायिक आँखा अस्पताल हेटौंडामा निःशुल्क शल्यक्रिया गरिने सुसिल कुमार सिंहले जानकारी दिनु भयो। बुधबार विहान ९ः०० बजे विरामीलाई अस्पतालले निःशुल्क आफ्नै सवारीमा हेटौडा लैजाने र शल्क्रीया भएपछि पुयाइदिने उहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *