
मकै खेती सम्बन्धि जान्नै पर्ने (१०) कुराहरू
१) तराई तथा भित्री मधेशका लागि उपयुक्त उन्नत मकैका जातहरु कुन कुन हुन् ?
-रामपुर कम्पोजिट, अरुण २, रामपुर २, अरुण १ जस्ता जातहरु तराई तथा भित्री मधेशका लागि उपयुक्त छन् ।
२) मध्य पहाडको लागि उपयुक्त उन्नत मकैका जातहरु कुन कुन हुन् ?
– खुमल पहेलो, मनकामना १, मनकामना ३, देउती, शीतला, मनकामना ४, पोषिलो मकै १, मनकामना ५, मनकामना ६ ।
३) उच्च पहाडको लागि उपयुक्त उन्नत मकैका जातहरु कुन कुन हुन् ?
गणेश १, गणेश २ जस्ता जातहरु उच्च पहाडका लागि उपयुक्त हुन्छ ।
४) तराईका मकैमा किन दाना नलाग्ने समस्या आएको होला ?
मकैको धान चमरा निस्कने बेलामा बातावरणको तापक्रम १० डिग्री सेल्सियस भन्दा कम र ३५ डिग्री सेल्सियस भन्दा बढी भएमा दाना नलाग्ने समस्या हुन्छ ।
५) तराईका मकैमा दाना नलाग्ने समस्याबाट बच्न के गर्नुपर्ला ?
-असोज या मंसिरमा मकै छर्न सकियो भने उक्त समस्याबाट बच्न सकिन्छ ।
६) मकै खेतीको लागि कस्तो माटो उपयुक्त हुन्छ ?
-पानी नजम्ने, मलिलो, दुमट तथा पि एच मान ७.०–७.३ भएको माटो उपयुक्त हुन्छ ।
७) लेकमा मकै कहिले छर्ने ?
-लेकमा फाल्गुण˗चैतमा मकै छर्नु राम्रो हुन्छ ।
८) मध्य पहाडमा मकै कहिले छर्ने ?
-मध्य पहाडमा चैत˗बैशाखमा मकै छर्नु राम्रो हुन्छ ।
९) तराई तथा भित्री मधेशमा बसन्ते मकै कहिले छर्ने ?
-फाल्गुण˗चैतमा मकै छर्नु राम्रो हुन्छ ।
१०) तराई तथा भित्री मधेशमा बर्षे मकै कहिले छर्ने ?
-बैशाख˗जेठमा मकै छर्नु राम्रो हुन्छ ।
स्राेत(Source): नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय
कृषि व्यवस्थापन सूचना प्रणाली


